दफा ९६
फिराद दाबी स्पष्ट हुनु पर्ने

(१) फिरादपत्र दिँदा बादीले कुन विषयमा के कस्तो दाबी गरेको हो र त्यस्तो दाबी कुन कुन आधार र प्रमाण बमोजिमगरिएको हो सो कुरा किटानीसाथ फिरादपत्रमा खुलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दाबी स्पष्ट नभएको र अदालतबाट के कस्तो काम कारबाही गर्नु पर्ने हो सो स्पष्ट नखुलाइएकोफिरादपत्र रीतपूर्वक भएको मानिने छैन र त्यस्तो फिरादपत्र दर्ता हुने छैन ।